अप्रिल 12, 2025

थपिए २७० कोरोना भाइरस संक्रमित

 764,816 total views,  127 views today

माघ ११, काठमाडौं

पछिल्लो २४ घण्टामा देशभर थप २७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६९ हजार ४५० पुगेको छ ।

यसै अवधिमा ४०३ जना संक्रमणमुक्त भएका छन्।

यससँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ६४ हजार १३७ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ३१२ छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुनेको संख्या २ हजार १ पुगेको छ।