अप्रिल 18, 2025

प्रधानमन्त्रीसँग शक्तिकाे नाममा साइबर सेना र सेटिङ मात्र बाकी रहकाे घनश्याम भुसालकाे अाराेप

 766,071 total views,  184 views today

माघ ९, काठमाडौं

नेकपा प्रचण्ड-नेपाल समूहका नेता तथा पुर्व कृषि मन्त्री घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीसँग साइबर सेना भनिने स्यालहरू र अर्को सेटिङमात्र गरि अब दुई शक्ति बाँकी रहेको बताएका छन्।

शुक्रबार राजधानीमा आयोजित विरोधसभामा अभिव्यक्ति दिदै भुसाल प्रधानमन्त्री अाेलीमाथि यस्ताे अाराेप लगाएका हुन् ।

‘तपाईंलाई पराजित नगरीकन नहुने भएको छ। कमरेड ओलीलाई अहिले पनि लागेको छ- म विजय हुन्छु भन्ने। अब तपाईंसँग दुई वटा शक्ति मात्र बाँकी छन्। एउटा, साइबर सेना भनिने स्यालहरू बाँकी छन्। त्यसको नेतृत्व तपाईंले गरिरहनुभएको छ,’ भुसालले भने।

ती साइबर स्यालहरूले जित्न वामपन्थको इतिहास, लोकतन्त्र पराजित हुनुपर्ने भन्दै उनले संविधानको कित्तामा उभिनका लागि आज मुलुकका सामु चुनौती खडा भएको बताए।