काठमाडौँ – प्रतिनिधिसभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादउन्मुख कदमको रूपमा व्याख्या गरेको कांग्रेसले आज देशका सबै वडामा ¥याली र सभा गरेर विरोध गर्दै छ । देशभरका ६ हजार सात सय ४३ वटै वडामा कांग्रेसले एक साथ प्रतिनिधिसभा विघटनको विरोध गर्न लागेको हो ।
सभापति शेरबहादुर देउवाले हरेक घरघरबाट सहभागी भएर प्रतिनिधिसभा विघटनविरुद्ध ऐक्यबद्धता जनाउन अपिल गर्नुभएको छ । देउवाले विज्ञप्ति जारी गर्दै संविधानमा भएको व्यवस्थाप्रतिकूल, जनभावनाविपरीतको कार्यविरुद्ध कांग्रेस एकजुट रहेको बताउनुभएको छ । प्रधानमन्त्री केपी ओलीको स्वेच्छाचारी प्रवृत्तिको भण्डाफोर गर्न पनि देउवाले निर्देशन दिनुभएको छ ।