750,070 total views, 489 views today
माघ ७, काठमाडौं
नेकपा दाहाल–नेपाल समूहक अध्यक्ष पुष्पकमल दाहालले आदिवासी जनजाति भेलालाई बुधबार राजधानीमा सम्बोधन गर्दै केपी शर्मा ओलीको तानाशाही र निरंकुश प्रवृत्ति विरुद्ध एकजुट भएर उत्रन आह्वान गरेका छन्।
गणतन्त्र र संघीयता जोगाउन विचलित नभई धैर्यपूर्वक तानाशाही प्रवृत्ति र निरंकुश प्रवृत्तिविरुद्ध एकजुट हुनुपर्ने उनकाे धारणा छ ।
उनले आफ्नै पार्टीका नेतालाई संविधानको मूलमर्ममाथि क्रूर ढंगले प्रहार भएको भन्दै यसविरुद्ध आन्दोलनको विकल्प नभएको उनको भनाइ छ।
दाहालले कम्युनिस्ट आन्दोलनलाई बरबाद पार्ने, लुकेर रहेका तानाशाहलाई विद्रोहमार्फत ध्वस्त पारेको इतिहास रहेको स्मरण गर्दै पार्टीभित्रको तानाशाहीविरुद्ध एकजुट भएर लडेमा विजय सुनिश्चित रहेको बताए।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई