काठमाडौँ – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिकाको सिमाना स्थित महादेव भिरमा आइचर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । बा ४ ख ७९८० नम्बरको आइचर गएराति दुर्घटना हुँदा धादिङ घर भएका ३३ वर्षीय चालक कमल मगर, हेटौडाका अन्दाजी ३३ वर्षका राम कुमार मगर र सप्तरीका १९ वर्षीय कृष्ण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
चालक मगरको ठेगाना भने खुलेको छैन् । हेटौडाका २३ वर्षीय रमेश मगर गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको प्रहरीले जनाएको छ । दुधकोशी सोलुखोला जलविद्युत आयोजनाको निर्माण सामाग्री लिएर आएको उक्त आइचर भीरबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।