749,449 total views, 400 views today
माघ ३, काठमाडौं
नेपालमा ३ जनामा बेलायतमा उद्गमथलाे रहेकाे नयाँ प्रजातिकाे काेराेना भइरस पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
प्रराम्भिक परीक्षण नेपालमा गरे पश्चात् विश्व स्वास्थ्य संगठनकाे सहयाेगमा थप परीक्षणकाे लागि हङकङ लगिएकाेमा उक्त परीक्षणमा ३ जनामा नयाँ प्रजातिकाे भाइरस संक्रमणकाे पुष्टि भएकाे मन्त्रालयले जानकारी दिएकाे हाे ।
संक्रमण पुष्टि हुनेमा एक महिला र दुई पुरुष गरि ३ जना छन् । उनीहरू मध्ये २८ वर्षिय महिला र ३२ वर्षिय पुरुषमा RT-PCR नेगेटिभ भइसकेकाे र ६७ वर्षिय पुरुषमा पाेजेटिभ नै रहेकाे भएता पनि कुनै लक्षण नदेखिएकाे मन्त्रालयले जनाएकाे छ ।
भ्याक्सिनकाे सहज उपलब्धता नभएसम्म र संक्रमण निर्मुल नभएसम्म सावधानी अपनाउन मन्त्रालयले अनुराेध गरेकाे छ ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान