Site icon States Khabar

भारतमा काेराेना भ्याक्सिन लगाएकाहरू मध्ये केहिमा साइड इफेम्ट देखियाे

माघ ५, भारत

गत शनिबार देखि काेराेना भ्याक्सिन लगाउन सुरु गरिएको भारतमा सयौं मानिसमा साइड इफेक्ट देखिएको छ।

भ्याक्सिन लगाइएका केही ठाउँबाट साइड इफेक्टका खबरहरु आइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर दुई दिनमा झन्डै ४५० वटा साइड इफेक्टका केस आएको हिजाे अाइतबार जानकारी दिएको छ। रेकर्डमा नआएका अन्य सयौं केस भएको अनुमान गरिएको छ।

सिकायत गर्नेमध्ये अधिकांशले सामान्य साइड इफेक्ट भएको बताएको अधिकारीहरुले जानकारी दिएका छन्। तीन जनालाई मात्र अस्पताल भर्ना गर्नुपरेको छ। धेरैजसोमा ज्वरो, टाउको दुख्ने र जिउ जिलाउने समस्या देखिएको छ।

भारतमा विश्वकै ठूलो खोप अभियान सुरु भएको छ। १ अर्ब ३० करोडलाई भ्याक्सिन दिनुपर्नेमा पहिलो चरणमा जुलाईसम्ममा ३० करोडलाई दिने भारत सरकारको योजना छ।

भारतले प्रयोगमा ल्याएका भ्याक्सिन एस्ट्राजेनिकाले स्थानीय साझेदारी सिरम इन्स्टिच्युटसँग मिलेर तयार पारेको कोभिसिल्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन हुन्।

सिरम इन्स्टिच्युटले भारतमा आफूले उत्पादन गरेको खोप व्यक्ति र संस्थालाई पनि बेच्ने गरी अनुमति पाएको छ। सिरमको खोपको मूल्य भारु १००० तोकिएको छ।

भारतमा कोरोना भाइरसको संक्रमणबाट एक लाख ५० हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ।

Exit mobile version