अप्रिल 12, 2025

निर्वाचन अायाेगले मध्यावधि निर्वाचनका विषयमा दलहरूसँग गर्‍यो छलफल

 765,033 total views,  344 views today

माघ ४, काठमाडौं

निर्वाचन अायाेगले मध्यावधि निर्वाचनका विषयमा दलहरूसँग छलफल गरेकाे छ।

अायाेगले तिनै तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग अागामी निर्वाचनकाे बारेमा छलफल गरेकाे हाे ।

‘बैशाख १७ मा पहिलो चरण र २७ मा दोस्रो चरणमा निर्वाचन सम्पन्न गर्ने गरी सरकारबाट मिति घोषणा गरिसकेकाले त्यही विषयमा छलफल गरिएको हो,’ अायाेगका प्रवत्ता सहसचिव राजकुमार श्रेष्ठले भने, ‘निर्वाचन कार्यक्रम सम्पन्न गर्नका लागि सबै किसिमको सहयोग गर्न राजनीतिक दलहरुसँग आग्रह गरेका हौं।’

उनले निर्वाचन कार्यक्रममा सहभागिताका लागि नागरिकलाई पनि सुसूचित गराइदिन दलहरुलाई आग्रह गरिएको जानकारी दिए। आयोगले दलहरुसँग मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम, मतदान स्थल र मतदान केन्द्र पुनरावलोकन कार्यक्रमको बारेमा छलफल गरेको हो।