Site icon States Khabar

प्रतिनिधिसभा विघटन मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुँदै

काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाई हुनेछ । वृहत पूर्ण इजलास कि संवैधानिक इजलास भन्नेमा विवाद हुँदा सुनुवाइ प्रभावित भएको थियो ।
गत शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय भएपछि आजबाट विषयवस्तुमा प्रवेश गरेर बहस हुँदैछ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि १३ रिट निवेदन दर्ता भएका छन् । रिट निवेदनमा प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गरिएको छ ।

Exit mobile version