749,216 total views, 167 views today
माघ २ , नयाँ दिल्ली –
औपचारिक भारत भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले आजबाट औपचारिक भेटघाट तथा बैठकहरुमा सहभागीता जनाउँदै हुनुहुन्छ ।
नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठकमा सामेल हुन बिहिबार भारतको दिल्ली पुग्नुभएका मन्त्री ज्ञवालीले आज बिहान ११ बजे भारतीय समकक्षी एस जयशंकरसँग भेट गर्ने कार्यक्रम छ । त्यसअघि प्रवासी नेपाली संगठनका प्रतिनिधिहरुलाई पनि भेट्ने कार्यक्रम रहेको छ । आजै मन्त्री ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको छैटौ बैठकमा सहभागी हुने कार्यक्रम छ ।
बैठकमा दुई देशबीच भएका सहमतिका विषयमा समीक्षा हुनुका साथै व्यापार, ऊर्जा, सीमा, पारवहन, कोभिड–१९ सहकार्य, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुने जनाइएको छ । मन्त्री ज्ञवाली ३ गते अपरान्ह २ बजे स्वदेश फर्किने कार्यक्रम रहेको जनाइएको छ ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई