डिसेम्बर 23, 2024

प्रतिनिभिसभा विघटनविरुद्ध नेकपा दाहाल–नेपाल समूहले थप आन्दोलन गर्ने

 749,194 total views,  145 views today

माघ १, काठमाडौं

नेकपा दाहाल–नेपाल समूहले आन्दोलनकाे थप कार्यक्रम तय गर्न छलफल गरेको छ। नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले प्रतिनिभिसभा विघटनविरुद्ध जारी आन्दोलनको समीक्षा गर्दै थप कार्यक्रम तय गरेको हाे ।

बैठकपछि स्थायी कमिटी सदस्य रघुजी पन्तले बैठकको मूल एजेन्डा संसद् विघटनविरुद्धको आन्दोलनलाई कसरी प्रभावकारी र सशक्त बनाउने भन्ने नै रहेको बताए। ‘अहिलेसम्म भएको आन्दोलनको समीक्षा गर्दै प्रस्तावित आगामी कार्यक्रमका बारेमा छलफल भयो,’ उनले भने। बैठक भोलि शुक्रबार बिहान ११ बजे फेरि बस्ने तय भएको छ।