Site icon States Khabar

संसद भवनमा आक्रमणका लागि उक्साउने आफ्नो भाषण पूर्णरुपमा उचित रहेको ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसद भवनमा हिंसात्मक आक्रमणअघि आफूले गरेको सम्बोधनको बचाउ गरेका छन् । आफ्ना समर्थकलाई संसद भवनमा प्रवेश गरि चुनावको नतिजा उल्ट्याउन उक्साउने गरि भाषण गरेका ट्रम्पले त्यसको बचाउ गरेका हुन् । गत बुधबार आफूले गरेको सम्बोधन पूर्ण रुपमा जायज र उचित रहेको ट्रम्पले दाबी गरेका छन् । ट्रम्पले भाषणाको क्रममा आफ्ना आक्रोशित तथा हतियारसहित आएका केही समर्थकलाई संसद भवनमा घुस्न सुझाएका थिए ।
त्यसपछि ट्रम्प समर्थकहरुले तल्लो र माथिल्लो सदनको संयुक्त शत्र जारी रहेका बेला संसद भवनमा आक्रमण गरेका थिए । गत नोभेम्बर ३ मा भएको चुनावमा विजयी जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्नबाट रोक्ने प्रयासमा ट्रम्पले समर्थकलाई उक्साएका थिए । संसद भवनमा भएको हिंसामा एक प्रहरी अधिकारीसहित पाँचजनाको मृत्यु भएको थियो । संसद भवनमा बिद्रोहका लागि उक्साएको अभियोगमा तल्लो सदनमा डेमोक्र्याटहरूले राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेका छन् । महाभियोग प्रस्तावमाथि आज मतदान हुने तयारी छ । ट्रम्प जनवरी २० मा सत्ताबाट बाहिरिँदै छन् । जो बाइडेनले सोही दिन शपथ लिएर अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाल्ने छन् ।

Exit mobile version