749,223 total views, 174 views today
काठमाडौँ – आजदेखि प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने भन्ने विवाद भने कायमै रहेको छ । प्रतिनिधिसभा विघटन विरुद्धको रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्न माग गर्दै पुस २२ गते पूरक निवेदन दिएका थिए । सुनुवाइ कहाँ हुने भन्ने आज मात्र तय हुनेछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको थियो ।
न्यायाधीश कार्की केपी ओली नेतृत्वको अघिल्लो सरकारका पालामा महान्यायाधिवक्ता भएको हुँदा अहिलेको विवादमा न्याय निरुपण गर्ने विषयबारे इजलासमा प्रश्न उठेपछि उहाँले इजलासमा नबस्ने घोषणा गर्नुभएको थियो । प्रधानन्यायाधीशले आजको इजलासमा अर्का न्यायाधीश तोक्नुपर्ने हुन्छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित प्रधानन्यायाधीशले तोकेका अन्य पाँच न्यायाधीश रहने व्यवस्था रहेको छ । यही १० पुस गते अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको थियो । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सभामुखले पुस १९ गते लिखित जवाफ पेश गरिसकेका छन् ।
अन्य खवर
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई
सर्वोच्च अदालतको निर्णयलाई सरकारले सम्मानपूर्वक लिएको छ : पार्वत गुरुङले
निर्मलाकाे हत्यारालाई पत्ता लगाएर कारबाही गर्न प्रधानमन्त्रीकाे निर्देशन