Site icon States Khabar

सगरमाथामा भारतले दाबी गर्नुपर्न जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीकाे विवादास्पद अभिव्यक्ति

पुष २९, सगरमाथा

काठमाडौं : सगरमाथामा भारतले दाबी गर्नुपर्ने भन्दै एक जना भारतीय पत्रकारले अभिव्यक्ति दिएका छन् । नेपालको राष्ट्रियतामाथि आघात पुर्‍याउने विवादास्पद अभिव्यक्ति दिने पत्रकार भारतीय टेलिभिजन जी न्युजका प्रधान सम्पादक सुधीर चौधरी हुन् ।

उनले आधार शिविरमा पुगेर सगरमाथामा भारतले दावी गर्नुपर्ने अभिव्यक्ति दिएका थिए ।

सन् १८५२ मा राधानाथ सिकन्दरले तत्कालिन समयमा सगरमाथाको उचाई नापेका कारण सगरमाथामा भारतको दावी हुनुपर्ने चौधरीको अभिव्यक्ति छ । उनले भिडियोमा सगरमाथाको नाम ‘माउन्ट एभरेष्ट’ नभई ‘माउण्ट सिकन्दर’ राख्‍नुपर्ने दावी गरेका छन् ।

भारत बंगालका गणितिज्ञ सिकन्दरले पहिलोपटक सगरमाथाको उचाई नापेको पनि चौधरीको दावी छ । उनले दिएको विवादास्पद अभिव्यक्तिको अहिले सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

Exit mobile version