डिसेम्बर 25, 2024

राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई मन्त्रिपरिषदको सिफारिस

 750,196 total views,  10 views today

काठमाडौँ – आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवशेन अन्त्य गर्न राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्नेभएपनि प्रधानमन्त्रीले आज आकस्मिक बैठक डाकेका थिए ।
आज बस्ने राष्ट्रिय सभाको बैठकमा थारु आयोगको प्रतिवेदन पेश गर्ने, विधायन समितिको प्रतिवेदन पेस गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले संवोधन गर्ने कार्यसूची रहेको छ । राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयप्रति नेकपा प्रचण्ड नेपाल पक्ष तथा नेपाली काँग्रेसका सांसदले बिरोध गरेका छन् ।