Site icon States Khabar

रविन्द्र मिश्रलाई सिमामा बस्न विष्णु रिमालकाे चेतावनी

पुष २६, काठमाडौं

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रकाे एक ट्विटमा प्रतिक्रिया लेख्दै प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले सीमामा बस्न चेतावनी दिएका छन् ।

मिश्रले लेखेकाे ‘’कस्तो समय आयो ! पूर्व प्रधानन्यायाधीशहरूले विचाराधीन मुद्दामा बोल्नु पर्ने । प्रधानमन्त्री/राष्ट्रपतिले संविधान खुल्लमखुल्ला कुल्चिने । काण्डैकाण्ड गर्ने प्रधानमन्त्रीको भाषण सुन्न हजारौं जम्मा हुने । महाभ्रष्ट नेताले भ्रष्टाचारविरुद्ध र्‍याली आह्वान गर्दा हजारौं सरीक हुने । अब अति भो !’’ ट्विटमा रिमालले प्रतिक्रिया जनाएका हुन् ।

प्रतिक्रियामा रिमालले मर्यादा नाघ्ने जोसुकै जतिसुकै सेलिब्रेटी भएपनि त्यससँग समयले जवाफ माग्ने भन्दै सीमामा बस्न चेतावनी दिए ।

“सीमामा बस्नुस् रवीन्द्र जी ! तपाईंको यो ट्वीट टिप्पणी गर्न पनि उपयुक्त छैन ।” रिमाल लेख्छन्, ”यति चाहि भनुँ– मर्यादा नाघ्ने जोसुकै जतिसुकै सेलिब्रिटी भए पनि त्यससँग समयले जवाफ माग्ने छ ।’’

त्यसको जवाफमा रवीन्द्र मिश्रले लेखेका छन्, ”प्रिय विष्णु रिमाल जी, देशको प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले आमरुपमा र देशका विशिष्ट व्यक्तित्वहरूले गरिरहेको टिप्पणीलाई नै दोहोर्‍याउँदा ‘सीमामा बस्नुस्’ भनेर धम्कीपूर्ण भाषा प्रयोग गर्नु उपयुक्त हुँदैन थियो। विमती जनाउनुभएको भए भइहाल्थ्यो । सानो सुझाव मात्र।”

Exit mobile version