750,229 total views, 43 views today
पुष २४, अमेरिका
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘व्यवस्थित ढङ्गले’ शक्ति हस्तान्तरण गर्ने वाचा गरेका छन्।
उनका समर्थकहरूले अमेरिकी संसद् भवनमा हुलदङ्गा गरेको एक दिनपछि ट्रम्पले त्यसो भनेका छन्।
ट्विटरमा १२ घण्टे प्रतिबन्ध झेलेपछि भिडिओमार्फत् सोही सामाजिक सञ्जालमा देखिएका रिपब्लिकन राष्ट्रपति ट्रम्पले दङ्गाकारीहरूको आलोचना गर्दै ‘जघन्य हमला’ बताएका थिए।
आफ्नो कार्यकाल सकिन लागि १३ दिन मात्र बाँकी छँदा वरिष्ठ डेमोक्र्याटहरूले उनलाई पदबाट हटाउने कुरा गरिरहँदा ट्रम्पले मुख खोलेका हुन् ।
उनको उक्त अभिव्यक्तिलाई नोभेम्बरमा चुनाव हारेपछिको पहिलो सार्वजनिक स्विकारोक्तिका रूपमा हेरिएको छ।
नोभेम्बरमा उनले राष्ट्रपति-निर्वाचित जो बाइडनप्रति लक्षित ट्वीट गर्दै हार अस्वीकार गरेका थिए।
उनले लेखेका थिए: “चुनावमा धाँधली भएका कारण उनले जिते।”
ट्र्म्पले के भने?
भिडिओ सन्देशमा ट्रम्पले ‘कङ्ग्रेसले नतिजालाई प्रमाणिकरण गरिसकेकाले २० ज्यानुअरीमा नयाँ प्रशासनले काम थाल्ने’ बताएका छन्।
“मेरो प्राथमिकता अब सहज, व्यवस्थित र निर्वाध रूपमा सत्ता हस्तान्तरणमा हुनेछ। यो अवस्थाले निदान र मेलमिलाप खोजेको छ। “
उनले आफ्ना ‘गज्जबका समर्थकहरू’को समेत प्रशंसा गरेका छन् ।
उनले ‘हाम्रो अविश्वसनीय यात्रा एउटा सुरुवात मात्र भएको’ बताएका छन्।
छोटो उक्त भिडिओ फूटेजमा ट्रम्पले बुधवारको दङ्गा उक्साउनेगरी यसअघिका चुनावी धाँधली सम्बन्धी आफ्ना आधारहीन दाबीका बिषय उल्लेख गरेनन्।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई