766,560 total views, 322 views today

पुष २३, काठमाडौं
निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुवै पक्षलाई आधिकारिकता दाबी गर्न पत्र पठाएको छ।
सात दिनभित्र आधिकारिकता दाबी गर्न भन्दै नेकपाको दाहाल-नेपाल र ओली समूहलाई पत्र पठाइएको निर्वाचन आयोगले जनाएको हाे ।
नेकपाले आधिकारिकताका लागि दिएका पत्रहरूको व्यहोरा समावेश गरेर आयोगले पत्र पठाएको भन्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगले निर्णय गरेर दुवै पक्षलाई पत्राचार गरिसकेको जानकारी दिएका छन् ।
‘हामीले उहाँहरूलाई पत्र पठाइसकेका छौं,’ उनले भने, ‘सात दिनभित्र आधिकारिकता दाबीसहित आएमा त्यसपछि थप प्रक्रिया अघि बढाइनेछ।’
राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिकता दाबी गर्न आयोगले यसअघि नै पत्र पठाएको भए पनि दुवै समूहले आफू नै वैधानिक भएको आधिकारिकता दाबी गरेका थिएनन्।
दुवै समूहले आधिकारिकता दाबीसहित आयोगमा पत्र नपठाएपछि आयोगलाई निर्णय लिनमा ढिलाइ भइरहेको आयोगको भनाइ छ।
तर, अहिलेसम्म नेकपाका दुवै समूहले केन्द्रीय कमिटीका बैठकका निर्णय, एकले अर्कालाई कारबाही गरेको पत्र र बहुमत रहेको निवेदन भने दर्ता गरेका छन्। आयोगले त्यसरी दिएको निवेदन कानुनसम्मत नहुने भन्दै कानुनी रूपमा दाबी गर्नुपर्ने बताउँदै आएको छ।
आयोगमा दाहाल-नेपाल समूहले अहिलेसम्म तीनवटा र ओली समूहले दुईवटा मात्रै निवेदन पेस गरेका छन्।
आयोगले राजनीतिक दलसम्बन्धी नियम २५ को ४ अनुसार विवरण बुझाउन भनेको छ। उक्त नियम ४ अनुसार जाँचबुझ गर्दा त्यसरी नाम, विधान, नियम, छाप, झण्डा, चिन्ह (लोगो) मा परिवर्तन वा संशोधन गर्न वा पदाधिकारीको हेरफेर गर्न नमिल्ने अवस्था भएमा आयोगले सोको कारण खुलाई सुधारसहितको विवरण पेस गर्न सात दिनको समय दिई सम्बन्धित दललाई सूचित गर्नेछ।
दुवै समूहले अहिलेसम्म पार्टी विभाजन भएको घोषणा भने गरिसकेका छैनन्। तर, विभाजन तहसम्मकै गतिविधि भने उनीहरूले गरिरहेका छन्।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई