Site icon States Khabar

देशका प्रमुख सहरमा ओली सरकारविरूद्ध जसपाले प्रदर्शन गर्दै

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरूद्ध देशका विभिन्न प्रमुख सहरहरूमा प्रदर्शन गर्ने बताएको छ । पुस २५ देखि माघ ७ सम्म जसपाले देशका प्रमुख सहरहरूमा प्रदर्शन गर्न पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ति निकालेर जानकारी दिएका हुन ्। प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेको विरोधमा जसपा सडक संघर्षमा उत्रन लागेको हो । यसअघि पनि जसपाले विरोधका विभिन्न कार्यक्रम गरिसकेको छ ।
देशका मुख्य सहरहरूमा हुने कार्यक्रममा पार्टीका शीर्ष नेतालाई जसपाले खटाएको छ । पुस २५ गते विराटनगर, धनगढी र भैरहवामा कार्यक्रम हुनेछ । पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादव विराटनगरमा हुने कार्यक्रममा सहभागी हुने बताईएको छ । अर्का अध्यक्ष महन्थ ठाकुर भैरहवामा हुने कार्यक्रममा सहभागी हुने जसपाले जानकारी दिएको छ । जसपाले माघ ७ गते सबै जिल्ला सदरमुकामलगायत प्रमुख सहरहरूमा पनि प्रदर्शन र विरोध कार्यक्रम गर्ने भएको छ ।

Exit mobile version