750,030 total views, 449 views today
काठमाडौँ – आज साताको चौथो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन बढेर तोलमा ९६ हजार ७०० रुपैयाँ पुगेको छ ।
यसअघि साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ९४ हजार ५०० रुपैयाँ थियो भने सोमबार ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको भने मंगलबार ९६ हजार ४०० रुपैयाँमा कारोबार भयो । यस्तै तेजावी सुन बुधबार तोलामा ९५ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १३३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १३४० रुपैयाँमा कारोबार भएको हो ।
अन्य खवर
घट्यो सुनको मूल्य
सुनको मूल्य तोलामा ११०० रुपैयाँले बढ्यो
फेरि बढ्याे पेट्रोल, डिजेल र ग्यासको मूल्य