Site icon States Khabar

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आज देखि सुरु हुँदै

काठमाडौँ – गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आज सुरु हुँदै छ । प्रमुख प्रतिपक्षी दल कांग्रेस र जनता समाजवादी पार्टीले माग गरेपछि बोलाइएको विशेष अधिवेशनमा कोरोना भाइरसको महामारीका विषयमा छलफल हुने भएको छ । संवैधानिक व्यवस्थाअनुसार कांग्रेस र जनता समाजवादी पार्टीले विशेष अधिवेशन आह्वानका लागि ३० मंसिरमा निवेदन दिएका थिए । संविधानको धारा १८३ को उपधारा ३ मा प्रदेशसभाको अधिवेशन वा बैठक चालू नभएको अवस्थामा प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एकचौथाइ सदस्यले लिखित अनुरोध गरेमा विशेष अधिवेशन बोलाउनुपर्ने व्यवस्था रहेको छ । सोहीअनुरूप कांग्रेसका १५ र जसपाका दुई सदस्यले दिएको निवेदनका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो एक बजे पोखरा सभागृहमा विशेष अधिवशेन आह्वान गर्नुभएको हो ।
नेकपामा आएको विभाजनले अन्य प्रदेशमा सरकार फेरबदलको कसरत चलिरहे पनि गण्डकीमा भने असर परेको छैन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा नेकपाका सभामुखबाहेक ३९ सदस्य रहेका छन् । जसमध्ये ओली पक्षका २७ र प्रचण्ड–नेपाल पक्षका १२ जना छन् । त्यस्तै, कांग्रेसका १५, जनमोर्चाका तीन र जसपाका दुई सदस्य रहेका छन् ।

Exit mobile version