765,041 total views, 352 views today

पुष २०, काठमाडौं
कृषि तथा पशुपञ्छी विकासअन्तर्गत रहेका संस्थान र समितिका अधिकारीहरुसँग सोमबार भएको छलफलमा मन्त्री पद्माकुमारी अर्यालले किसानलाई खुसी बनाउन कृषि बजारको उचित व्यवस्थापन हुनुपर्ने बताएकी छन्।
उनले किसानले बजारमा ल्याएको तरकारीको डोको फर्काएर लैजानुपर्ने अवस्था अन्त्यका लागि नयाँ ढंगले बजार व्यवस्थापन आवश्यक रहेको बताएकी हुन्।
‘बजारलाई नयाँ ढंगले व्यवस्थित नगरी किसानलाई खुसी बनाउन सकिँदैन’, उनले भनिन्, ‘कृषि मन्त्रालयले ‘उत्पादन गर बजारको व्यवस्था हामी गर्छौं भनेर भन्नुपर्छ।’
किसानले बजारमा ल्याएको वस्तु फर्काएर लैजाने अवस्था राम्रो नरहेको र उत्पादित वस्तु सडकमा फाल्नुलाई आफूले गम्भीर रुपमा लिएको भन्दै बजारको ग्यारेन्टी गर्ने गरी नयाँ ढंगले जानुपर्ने बताएकी छन् ।
अन्य खवर
सुर्खेतमा पेस्तोलसहित एक युवा पक्राउ
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई
आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान