काठमाडौँ – नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीताको उपचारका लागि भारतको मुम्बई जानुहुने भएको छ ।
विगत केही दिनयता अस्वस्त रहेकी दाहाल पत्नी सीतालाई थप उपचारका भारत लैजान लागिएको हो । प्रचण्डले पत्नीको उपचारका लागि आफू भारत जान लागेको जानकारी पार्टी बैठकमा दिनुभएको थियो ।
वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार मेडीसिटी अस्पताल भर्ना गरिएको थियो । यसअघि उनको अमेरिका, सिंगापुर र भारतमा उपचार गरिएको थियो । पछिल्लो केही समय उहाँ घरमै आराम गरिरहनुभएको थियो ।