अप्रिल 18, 2025

प्रधानमन्त्रीकाे संसद् विघटन गर्ने कदमविरुद्ध पार्टी आन्दोलनमा रहेकाे कांग्रेसकाे भनाई

 765,991 total views,  104 views today

पुस १९, काठमाडौं

नेपाली कांग्रेसले अाज बसेकाे केन्द्रीय कार्यसमितिको बैठकपछि प्रधानमन्त्री केपी ओलीको संसद् विघटन गर्ने कदमविरुद्ध पार्टी आन्दोलनमा रहेकाे बताएकाे छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसमा दुईखाले धारणा नभएको स्पष्ट पार्दै पार्टी आन्दोलनमा रहेको स्पष्ट पारका हुन् ।

कांग्रेसमा ओलीको कदमविरुद्ध आन्दोलनमा जाने या निर्वाचनको तयारीमा जुट्ने भन्ने विषयमा विवाद थियो।

केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले वडा तहसम्म विरोधका कार्यक्रम सार्वजनिक गरेको छ।

“संसद् विघटन असंवैधानिक भनेर पार्टी आन्दोलनमा गइसकेको छ। कांग्रेस आन्दोलनमै छ ।” प्रवक्ता शर्माले भने, “कांग्रेसमा दुईखाले धारणाा छ भनेर बुझिदिनुभएन।”

उनले कांग्रेसमा कुनै विवाद नरहेकाले भ्रमपूर्ण समाचार नलेख्न सञ्चारकर्मीलाई आग्रह गरे। उनले भने, ‘कांग्रेसमा विवाद छैन। गलत समाचारको खण्डन गर्छौं। भ्रमपूर्ण समाचार नलेख्न अनुरोध गर्दछु।’