डिसेम्बर 24, 2024

तीन दिन वर्षा र हिमपातको पूर्वानुमान

 750,072 total views,  491 views today

Jomsom bazaar blanketed in snow, in Mustang, on Saturday.

काठमाडौँ – तीन दिन देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् । आजदेखि मंगलबारसम्म देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्ने उपाय अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् ।
मौसम पूर्वानुमान महाशाखाले सूचना जारी गरी तामक्रममा कमी आउनुका साथै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ । तराई र पहाडी भूभागका केही स्थानहरूमा बिहानीपख हुस्सु कुहिरोका कारण वायुको पारदर्शितामा कमी भएर सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने सम्भावना औल्याइएको छ ।