749,084 total views, 35 views today
काठमाडौँ – आज प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली एपिएफ र प्रदेश १ भिड्ने भएका छन् । दाङको लमही क्रिकेट मैदानमा बिहान साढे ११ खेल सुरु हुनेछ । दुबै टोलीले यसअघिका सम्पूर्ण खेल जित्दै फाइनलसम्मको यात्रा तय गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपाल क्रिकेट संघको प्रादेशिक संरचना लुम्बिनी प्रदेशको व्यवस्थापनमा पुस ११ गतेदेखि प्रतियोगिता जारी रहेको छ ।
प्रतियोगितामा एक विभागीय र सात प्रदेश गरी आठ टोली सहभागी रहेको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । प्रतियोगिताको विजेता टिमले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ पाउनेछन् । विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले २१ हजार, उत्कृष्ट ब्याटरले १० हजार र उत्कृष्ट बलरले पाँच हजार पाउनेछन् ।
अन्य खवर
आजदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु
जनकपुरधाम टी२० टुर्नामेन्टको उपाधि सिरहा क्रिकेट एकेडेमीको कब्जामा
अस्ताए फूटबलका नक्षत्र