750,022 total views, 441 views today
काठमाडौँ – आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्ने नेताहरूले बताएका छन् । कांग्रेसमा तत्काल आन्दोलनमा जाने कि अदालतको निर्णय पर्खने भन्नेमा नेताहरूबीच मतभेद रहेको छ । संस्थापन पक्ष अदालतको निर्णय पर्खनुपर्ने पक्षमा देखिएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष तत्काल आन्दोलनमा जानुपर्ने अडानमा रहेको छ ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ । कांग्रेसले प्रतिनिभि सभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको छ ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई