750,045 total views, 464 views today
पुष १८, काठमाडौं
पार्टी विभाजन भइनसकेको र आफू अझैपनि एकता जोगाउने पक्षमा रहेको नेकपाका उपाध्यक्ष वामदेव गौतमले बताएका छन् ।
राष्ट्रिय सभा बैठकपछि उपाध्यक्ष गौतमले शुक्रबार आफू एकताको पक्षमा रहेको प्रष्ट पारेका हुन् ।
प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको र सर्वोच्चको फैसला अघि वा पछि पनि एकताको सम्भावना जिवित रहने उनको भनाई छ । उपाध्यक्ष गौतमले संगठित रुपमै एकता अभियान अगाडी बढाउने पनि बताए ।
उपाध्यक्ष गौतमले आफु अन्तिम विकल्प हुँदासम्म पार्टीलाई एकताबद्ध बनाउन लाग्ने बताए । उनले एकताको पक्षमा सबै रहेको भन्दै देशभरबाट एकता अभियानको पक्षमा दशौँ हजार नेता कार्यकर्ता आफुसँग रहेकोसमेत बताए ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई