पुष १६, चीन
चीनले कोरोनाभाइरसविरूद्धको खोपलाई आम प्रयोगका लागि अनुमति दिएको छ।
सरकारी स्वामित्वसमेत रहेको कम्पनीले बनाएको कोरोनाभाइरसविरूद्धको खोपलाई चिनले आम प्रयोगका लागि अनुमति दिएको हाे ।
चीनको नेशनल मेडिकल प्रोडक्ट एडमिनिस्ट्रेसनले सिनोफार्मको बेइजिङ बायोलोजिकल प्रोडक्ट इन्स्टिच्युटले बनाएको खोपलाई बिहीबार अनुमति दिएको हो।
यसअघि अमेरिका र बेलायतमा बनेका खोपहरूले मात्र प्रयोग अनुमति पाएका थिए भने रूसले स्पुतनिक भी भ्याक्सिनलाई तेस्रो चरणको परीक्षण नै नगरी स्वीकृति दिएको थियो।