749,397 total views, 348 views today
काठमाडौँ – आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठक बस्दैछ । बैठक दिउँसो १२ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको छ । बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम तय गर्ने बताइएको छ । अहिलेसम्मको आन्दोलनको समीक्षा र भावी आन्दोलनका कार्यक्रमबारे छलफल हुने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभयो ।
स्थायी कमिटी बैठकले तय गर्ने आन्दोलनका कार्यक्रम आजै दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि प्रचण्ड–नेपाल समूह सडक आन्दोलनमा उत्रिएको छ । आजै स्थायी कमिटी बैठक अघि पेरिसडाँडामै अखिल नेपाल महिला संघको वृहत भेला आयोजना गरिएको छ । भेलालाई पार्टीका शीर्ष नेताले सम्बोधन गर्ने तय भएको छ ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई