749,167 total views, 118 views today
काठमाडौँ – आज गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ वर्ष र सार को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई तमु ल्होसार भनिएको जनविश्वास छ । तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित रहेको छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको छ ।
यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । विगत वर्षमा टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्ने गरिएकामा यस वर्ष कोरोना महामारीका कारण घरघरमै मनाइने गुरुङ समाजले जनाएको छ । तमू ल्होसारको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । यसैबीच, तमु ल्होसारको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपाली बीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास लिनुभएको छ ।
अन्य खवर
२०७८ मा तीन दसैँ
घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै
पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकियाे