अप्रिल 11, 2025

ओली लोकतन्त्रवादी नभई निरंकुश भएको प्रचण्डकाे अाराेप

 764,631 total views,  85 views today

पुष १४, काठमाडौं

काठमाडौंको प्रदर्शनीमार्गमा आयाेजति नेकपा प्रचण्ड – माधव समूहकाे सभालाई सम्बोधन गर्दै ओली लोकतन्त्रवादी नभई निरंकुश भएको देशलाई भड्खालोमा हाल्न उद्यत रहेको प्रचण्डले आरोप लगाएका छन् ।

उनले बाम एकतालाई जनतालाई दुई तिहाइ जनमतले अनुमोदन गरे पनि ओलीले संविधानमाथि निर्मम प्रहार गरेको बताए ।

तीन वर्षमै केपी ओलीविरुद्ध सडकमा उत्रिनुपर्ला भनेर आफूले कल्पना पनि नगरेको उनकाे बताए ।

‘तीन वर्षमै यो दिन देख्नुपर्ला भनेर सोचेको थिइनँ।” उनले भने “म आफैँ पार्टी एकताको प्रस्ताव लिएर केपी ओलीकहाँ पुग्दा सोचेको थिइनँ– तीन वर्षपछि तिनै ओलीविरुद्ध सडकमा आउनुपर्छ भनेर। अहिले हामी सडकमा छौं।’