749,817 total views, 236 views today
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ ।
ऋषि कट्टेल नेतृत्वको नेकपाले निर्वाचन आयोगले ओली(दाहाल समूहलाई दिएको नामकाविरूद्ध सर्वोच्चमा दायर गरेको मुद्दाको सुनुवाइ पेशी चढेर पनि स्थगित भएको हो । पटक(पटक सर्दै आएको सो मद्दाको पेशी आज न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासको पेशीमा एक नम्बरमा थियो । तर, सर्वोच्चको पेशी सूचीमा सो मुद्दालाई स्थगित राखेको जनाइएको छ ।
मुद्दा पक्षको कानून व्यवसायी बीपी पौडेललाई मातृ शोक परेर सुनुवाइ स्थगन भएको अध्यक्ष कट्टेलले खबरहबलाई जानकारी दिए ।
अन्य खवर
सुर्खेतमा पेस्तोलसहित एक युवा पक्राउ
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई
आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान