Site icon States Khabar

बढ्यो सुनको मूल्य

काठमाडौँ – आज साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार बढेर तोलामा ९४ हजार ९०० रुपैयाँ पुगेको हो ।
यस्तै तेजावी सुनको मूल्य तोलामा ९४ हजार ४०० पुगेको छ । यसैबीच सोमबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आइतबार तोलामा १२८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर १३१५ रुपैयाँमा कारोबार भएको हो ।

Exit mobile version