पुष १३, काठमाडौँ
चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीकाे टाेलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा अाेलीसँग भेटवार्ता गरेकाे छ ।
अाइतबार टाेली काठमाडौं अाेर्लेलगतै राजनीतिक भेटघाटमा सरिक भएकाे थियाे ।
टोलीले राष्ट्रपति भण्डारीसँग प्रतिनिधि सभा विघटन, नेकपा भित्रको कलह लगायतमा अडेर लामो छलफल गरेको थियो । त्यसपछि टोली दुई खेमाका नेता भेट्ने शैलीमा आरम्भमा प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेको थियो ।
नेकपामा आएको फुटबाट चिन्तित बनेको चिनियाँ कम्युनिस्ट पार्टीले पुनः दल मिलाउन टोलीलाई काठमाडौँ पठाएको बुझिएकाे छ ।
टोलीले नपालको पछिल्लो राजनीतिक घटना क्रमबारे जानकारी लिँदै दुई चिरा भएका कम्युनिष्टलाई मिलाउन सिको निर्देशनमा नेपाल आएको हो ।
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको ६ सदस्यीय टोली एयर चाइनाको चार्टर्ड विमानबाट आइतबार अपरान्ह काठमाडौं आइपुगेको हो । चिनियाँ टोलीको भ्रमणबारे विस्तृतमा जानकारी नदिएपनि टोलीले दुतवासमा व्रिफिङ लिएर भेटघाट प्रधानमन्त्रीबाट नै थालेको हो ।चार दिनसम्म टोलीले राजनीतिक भेटघाट गरेर स्वदेश फर्कने छ ।