749,100 total views, 51 views today
काठमाडौँ – आजदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । दाङको देउखुरीमा हुने प्रतियोगितामा ७ प्रादेशिक टोली र विभागीय टोली एपीएफले प्रतिष्पर्धा गर्नेछन् । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा एपीएफ, प्रदेश २, कर्णाली र लुम्बिनी प्रदेश रहेका छन् ।
समूह बी मा सुदूरपश्चिम, वाग्मती, गण्डकी र प्रदेश १ रहेका छन् । उद्घाटन खेलमा लुम्बिनी र प्रदेश २ बीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
अन्य खवर
आज प्रधानमन्त्री कप महिला क्रिकेटको फाइलन खेल भिड्दै
जनकपुरधाम टी२० टुर्नामेन्टको उपाधि सिरहा क्रिकेट एकेडेमीको कब्जामा
अस्ताए फूटबलका नक्षत्र