749,805 total views, 224 views today
काठमाडौँ – आज काठमाडौं उपत्यकामा यस वर्षकै अहिलेसम्मकै कम तापक्रम मापन भएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार बिहान पौने ६ बजे उपत्यकाको न्यूनतम तापक्रम १ दशमलब ३ डिग्री सेल्सियस मापन भएको छ । यसअघि पुस ३ गते उपत्यकाको तामक्रम १ दशमलब ६ डिग्री सेल्सियस मापन भएको थियो ।
मौसम सफा भएर आकाश खुलेको कारण चिसो बढेको विभागले जनाएको छ । उपत्यकाको आजको अधिकतम तापक्रम २० डिग्री सेल्सियसम्म पुग्ने अनुमान गरिएको छ । अहिले तराईका भू–भागका थोरै स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने बाँकी स्थानको मौसम सफा रहेको छ ।
अन्य खवर
सुर्खेतमा पेस्तोलसहित एक युवा पक्राउ
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई
आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान