अप्रिल 11, 2025

राष्ट्रिय सभाको बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारकाे तयारी

 764,663 total views,  117 views today

काठमाडौं, पुष ११

हिजाे मन्त्रिपरिषद् विस्तार पछि बसेकाे पहिलाे बैठकले राष्ट्रिय सभाको बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

नवनियुक्त मन्त्रीसहित हिजाे शुक्रबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको हाे ।

पुस १७ गते अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको कृषि मन्त्री पद्मा अर्यालले बताइन् ।

प्रधानमन्त्रीले हिजै बेलुकी मन्त्रिपरिषद् हेरफेर र विस्तार गरेपछि मन्त्रिपरिषद्काे बैठक बसेकाे थियाे।