Site icon States Khabar

प्रतिनिधि सभा भंगविरूद्ध माइतीघरमा प्रचण्ड–नेपाल समूहको प्रदर्शन

काठमाडौँ – संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव नेपाल समूहले माइतीघरबाट आन्दोलन सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेको विरोधमा नेकपाको प्रचण्ड(माधव समूहले माइतीघर मण्डलमा प्रदर्शन गरेका छन् ।
आज बिहान पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले माइतीघरमा प्रदर्शन गरेका हुन् । उक्त समूहका अध्यक्षद्वय प्रचण्ड र नेपालसहित नेताहरू झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत पनि कालो ब्यानरसहित प्रदर्शनमा उत्रिएका छन् । प्रतिनिधिसभा भंग गर्नु असंवैधानिक भएको ब्यानरमा लेखिएको छ ।

Exit mobile version