Site icon States Khabar

प्रचण्ड–नेपाल पक्षका सबै केन्द्रीय सदस्य आज निर्वाचन आयोग जाँदै

काठमाडौँ – प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका सबै केन्द्रीय सदस्य आज निर्वाचन आयोग जाँदैछन् । आजै सबै सांसदहरु पनि सर्वोच्च अदालत जाँदैछन् । हिजो नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी समितिको बैठकले सबै केन्द्रीय सदस्य निर्वाचन आयोग र सबै सांसद सर्वोच्च अदालत जाने निर्णय गरेको हो ।
सबै सांसद आज १० बजे सर्वोच्च अदालत र केन्द्रीय सदस्य दिउँसो १२ बजे निर्वाचन आयोग जाने निर्णय भएको छ । आधिकारिक पार्टी आफ्नो भएको दाबी गर्न आयोग र संसद् जीवित छ भनेर देखाउन सर्वोच्च अदालत जाने निर्णय गरिएको प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले जनाएको छ ।

Exit mobile version