Site icon States Khabar

प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिटको आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा एकमुष्ट सु्नुवाई

पुस १०, काठमाडौं

प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिटको आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा एकमुष्ट सु्नुवाई गर्न लागिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा गत बुधबार १२ वटा रिटको प्रारम्भिक सुनुवाईमा सबै रिटलाई संवैधानिक इजलाशमा सुनुवाई गर्ने आदेश दिएका थिए ।

प्रधानन्यायाधीश राणाको एकल इजलासबाट आएका १२ सहित संवैधानिक इजलासमै परेको अर्को एउटा रिटको समेत सुनुवाई हुन लागेको हो ।

यसअघि गत बुधबार रिट निवेदकका तर्फबाट कृष्णप्रसाद भण्डारी, गोविन्द बन्दी, शम्भू थापा, हरिहर दाहाल, दिनेश त्रिपाठी, टीकाराम भट्टराई, कञ्चन कृष्ण न्यौपानेसहितले बहस गरेका थिए ।

वकिलहरुले मुद्दाको सुनुवाईका लागि बृहत इजलास गठन गर्न माग गरे पनि प्रधानन्यायाधीशले अस्वीकार गरेर संवैधानिक इजलाशमा पठाएका थिए ।

प्रधानन्यायाधीश राणाले संविधानको धारासँग सम्बन्धी भएकाले संवैधानिक प्रश्न रहेको भन्दै पूर्ण बृहत इजलाश नभई संवैधानिक इजलासकै क्षेत्राधिकारभित्र पर्ने बताएका थिए ।

संसद विघटन असंवैधानिक भन्दै नेकपाका सांसदहरुले पनि प्रधानमन्त्री केपी ओली, राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत आइतबार प्रतिनिधिसभा भंग गरेकी थिइन् ।

Exit mobile version