अप्रिल 18, 2025

प्रचण्डलाई अाेली समूहले अध्यक्ष पदबाट हटायाे

 765,970 total views,  83 views today

पुस ९, काठमाडौं

पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे केपी अाेली शर्मा पक्षले कार्यकारी अध्यक्षको भूमिकाबाट मुक्त गरेको छ।

प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बुधबार बसेको केन्द्रीय कमिटी बैठकले दाहाललाई कार्यकारी अध्यक्षको भूमिकाबाट मुक्त गर्ने निर्णय गरेकाे हाे ।

केन्द्रीय सदस्य खिमलाल भट्टराईले दाहाललाई कार्यकारी अध्यक्षको भूमिकाबाट हटाइएको जानकारी दिए।

‘दाहालले बैठकले दिएको जिम्मेवारी पूरा नगेको भन्दै कारबाही गर्दै कार्यकारी अध्यक्षबाट हटाइएको हो,’ भट्टराईले भने।

दाहाल–नेपाल समूहकाे नेकपाले यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएको थियो।