डिसेम्बर 24, 2024

अाेली सरकारलाई चाँडाे बिदा गर्नुपर्ने प्रचण्डकाे भनाइ

 750,091 total views,  510 views today

पुष ८, काठमाडौं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अाेली सरकार चाँडाे भन्दा चाँडाे बिदा गर्नुपर्ने बताए ।

आफ्नो र वरिष्ठ नेता माधव नेपाल समूहबाट संसदीय दलको नेता चुनिएपछि प्रचण्डले वैधानिकता सकिएको केपी ओली सरकारलाई चाँडो भन्दा चाँडो बिदा गर्नुपर्ने बताएका हुन् ।

‘संसदीय दलको जिम्मेवारी दिइएको छ। म यसमा खुशी छु। ठूलो कार्यभार दिइएको छ। अब मेरो सम्पूर्ण ध्यान सरकार बनाउन र संसद पुनर्स्थापना गर्नमा हुन्छ। यसका लागि म डटेर लाग्छु,’ प्रचण्डले भने, ‘अहिलेको सरकार वैधानिक रहेन। संसद विघटन भएको छैन। अब यो सरकार चाँडो भन्दा चाँडो बिदा गर्नुपर्छ।’

अध्यक्ष प्रचण्डले नयाँ सरकार बनाउनतिर ध्यान दिनुपर्ने भन्दै त्यसका लागि के कस्तो साथ लिन सकिन्छ त्यो साथ खोज्ने बताए ।

‘हामी वैधानिक रुपमा क्रियाकलाप अगाडि बढाइरहेका छौं। प्रधानमन्त्री केपी ओली समूहका गतिविधि वैधानिक होइन। हामीले गरिरहेका काम वैधानिक छन्। यो कुरा सारा संसारलाई जानकारी गराएर अगाडि बढ्छौं। संसद पुनर्स्थापना हुन्छ। नयाँ सरकार पनि बन्छ,’ प्रचण्‍डले भने।