Site icon States Khabar

पुष्पकमल दाहाल संसदीय दलको नयाँ नेतामा चयन

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल (प्रचण्ड) चयन भएका छन् ।
नयाँ बानेश्वरस्थित संसद भवन परिसरको ल्होत्से हलमा आज बसेको सांसदहरुको बैठकमा अध्यक्ष माधवकुमार नेपालले अर्का अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता बनाउने प्रस्तावमा उपस्थित सांसदहरुले सर्वसम्मतले अनुमोदन गरेका हुन् ।
मंगलबार अध्यक्ष चुनिएका माधवकुमार नेपालको प्रस्तावमा प्रचण्ड संसदीय दलको नेता चुनिएको स्थायी समिति सदस्य योगेश भट्टराईले जानकारी गराएका छन् ।

Exit mobile version