डिसेम्बर 23, 2024

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा दायर रिटमा आज सुनुवाई हुँदै

 749,570 total views,  521 views today

काठमाडौँ – सर्वाेच्च अदालतले संसद विघटनविरुद्ध दायर रिटमा आज सुनुवाई गर्ने भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधि सभा विघटन भएपछि करिब १ दर्जन रिट सर्वाेच्चमा दर्ता भएका छन् । ११ वटा रिटको पेशी आजलाई र संवैधानिक इजलासमा पठाइएको एउटा रिटको पेशी आगामी शुक्रबारलाई तोकिएको छ । नेकपाका सांसदले पनि संसद विघटन असंवैधानिक भन्दै मंगलबार रिट दर्ता गराएका छन् ।
संसद विघटनविरूद्द दायर रिटहरूको आज एकल इजलासमा सुनुवाई हुने सर्वाेच्च अदालतले जनाएको छ । नेकपाका प्रमुख सचेतक देव गुरुङ, सांसदहरु कृष्णभक्त पोख्रेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले रिट दर्ता गराउनुभएको छ । रिटमा प्रधानमन्त्री केपी ओली, राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ । उनीहरूको रिटमा राष्ट्रपतिले विघटन घोषणा गर्नु असंवैधानिक रहेकाले संसद विघटन नभएको जिकिर गरिएको छ ।