Site icon States Khabar

अाफूले बाेलाएकाे बैठक मात्र अाधिकारीक हुने नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा अाेलीकाे भनाइ

पुष ६, काठमाडौं

प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले अाफूले बाेलाएकाे बैठक मात्र अाधिकारीक हुने बताएका छन् ।

उनले अाफू नेकपाको पहिलो अध्यक्ष भएकाे भन्दै आफूले बोलाएको बैठकमात्र आधिकारिक हुने बताएका हुन् ।

आफू निकट स्थायी कमिटी सदस्य, केन्द्रीय कमिटी सदस्य र विघटित प्रतिनिधिसभाका सदस्यहरुलाई बालुवाटारमा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।

‘मैले बोलाएको बैठकमात्र आधिकारिक हो, अरु त गुटगत भेलामात्र हुन्। त्यस्तो भेलाले गरेको निर्णय मान्य हुँदैन,’ ओलीको भनाइ उद्धृत गर्दै नेकपा केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीकाे प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘हिजोको निर्णयको पनि औचित्य छैन। तथाकथित बैठकले तथाकथित कारबाही गर्नुको कुनै तुक छैन।’

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले विश्व चर्चित हास्य कलाकार चार्ली चाप्लिनलाई पनि माथ गर्न लागेको टिप्पणी ओलीले गरेका थिए।

‘अध्यक्षलाई पार्टी सदस्यबाट निकालेको घोषणा भोलि हुँदैछ। प्रचण्डले मलाई पार्टीबाट हटाएको भन्दा ठूलो नौटंकी के होला ?’ ओलीको भनाइ उद्धृत गर्दै थापाले भने।

हिजोमात्रै नेकपाको स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारवाही गर्न केन्द्रीय कमिटीमा प्रस्ताव लैजाने निर्णय गरेको थियो। केन्द्रीय कमिटी बैठक भोलि मंगलबारलाई बोलाइएको छ।

Exit mobile version