काठमाडौँ – पार्टीको आन्तरिक विवादमा फसेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेका छन्।
आइतबार बिहान बसेको आकस्मिक मन्त्रिपरिषद बैठकले संसद विघटन गर्ने सिफारिस गरेको हो । उक्त निर्णय अनुमोदनका लागि राष्ट्रपति समक्ष पठाइने तयारी भैरहेको बताइएको छ ।