749,712 total views, 131 views today
पुस ४, काठमाडौं
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान उपाध्यक्ष वामदेव गौतमलाई लिएर प्रचण्डनिवास खुमलटार पुगे लगत्तै गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेट्न मन्त्रीनिवास पुगेका छन् ।
संवैधानिक परिषद नियुक्तिसम्बन्धी अध्यादेश फिर्ता गर्ने भनिए पनि नगरेपछि प्रधानमन्त्री अाेली थप समस्या भएको हो । गत पुस १ गते बसेको स्थायी कमिटी बैठकमा ओली अध्यादेश फिर्ता गर्न सहमत भएकाे भनिए पनि यसअघि बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता नलिएपछि पार्टीमा आशंका बढाएको छ।
पार्टी निकै अप्ठेरोमा परेपछि ओली प्रधानमन्त्री भएपछि पहिलोपटक खुमलटार पुगेका हुन्। यसअघि बसेको स्थायी कमिटी बैठकमा ओलीले गौतमलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए। प्रचण्डलाई फकाउन गौतम सजिलो हुने भएकाले ओलीले खुमलटार लिएर गएका बुझिएकाे छ ।
अन्य खवर
सुर्खेतमा पेस्तोलसहित एक युवा पक्राउ
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई
आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान