750,246 total views, 60 views today
पुष १, काठमाडौं
मंगलबार साँझ बसेको संवैधानिक परिषद्को बैठकले रिक्त रहेका संवैधानिक नियुक्तिबारे छलफल गरे पनि कुनै निर्णय भने गरेन । अध्यादेश जारी पछि बसेकाे उक्त बैठकले कुनै निर्णय गर्न नसकेकाे हाे ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा विभिन्न आयोगमा नियुक्तिबारे छलफल भएको थियो । आजको बैठकमा संवैधानिक नियुक्तिबारे छलफल भए पनि कुनै निर्णय नभएको राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले जनाएका छन् ।
प्रधानमन्त्रीसहित तीन जना उपस्थित हुँदा गणपूरक संख्या पुग्ने गरी सरकारले अध्यादेश जारी गरेपछि पहिलो पटक बैठक बसेको हो । प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको बैठकमा प्रधान्यायाधीश चोलेन्द्र समशेर राणा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना सहभागी थिए ।
आफ्नै पार्टीभित्र र प्रतिपक्षबाट अध्यादेशको विरोध भएपछि प्रधानमन्त्री ओली संवैधानिक नियुक्तिका निर्णय गर्न हच्किएका हुन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका बहुमत सदस्यले अध्यादेश फिर्ता लिन प्रधानमन्त्रीलाई आग्रहसमेत गरेका छन् ।
बैठक सकिएलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई