749,165 total views, 116 views today
मङ्सिर २६, चीन
बीबीसी
चीनको सामाजिक सञ्जालमा चन्द्रमा खोज कार्यक्रम चाङ्ग-अ फाइभकी एकजना २४ वर्षीया महिला चर्चाको विषय बनेकी छन्।
वेनचाङ अन्तरिक्षयान प्रक्षेपण परिसरमा सबैभन्दा कान्छी अन्तरिक्ष कमाण्डर भएपनि झाउ चेङ्गयुलाई उनको कामप्रति सम्मान दर्शाउँदै ‘ठूली दिदी’ भन्ने गरिन्छ।
चन्द्रमामा सफल आवतरण गरेको चाङ्ग-अ फाइभ चीनको पछिल्लो सात वर्षमा तेस्रो प्रक्षेपण हो।
झाउ त्यो प्रक्षेपणको रकेट कनेक्टर प्रणालीकी प्रमुखको जिम्मेवारीमा थिइन्।
चीनको चाङ्ग-अ फाइभ अन्तरिक्ष यानद्वारा चन्द्रमामा सफल अवतरणचन्द्रमाबाट ढुङ्गा ल्याउने प्रयासमा चीनचार वर्षभित्र चन्द्रमामा ‘फेरि मानिसले पाइला टेक्ने’, पहिलो चोटि महिला पठाउने योजना
चर्चा
नोभेम्बर २३ मा सफल प्रक्षेपण गरिएको चाङ्ग-अ फाइभ मिशनमा संलग्न व्यक्तिको रूपमा चीनको सरकारी सञ्चारमाध्यमले चर्चा गरेपछि उनी चिनियाँ सामाजिक सञ्जाल वाइबोमा चर्चाको विषय बनिन्।
उनले सानै उमेरमा गरेको कामले धेरैलाई आकर्षित गरेको छ।
प्रयोगकर्ताहरूले उनलाई ‘विलक्षण’ भन्दै उनी देशका लागि ‘प्रेरणाको स्रोत’ रहेको भन्दै चर्चा गरिरहेका छन्।
ठट्टा भावमा कैयौँ मानिसहरूले त्यो उमेरमा आफूले गरेका काम तुलना गरेका छन्।
यी युवतीप्रति मानिसहरूको चासो अत्याधिक भए पनि त्यसले उनलाई खासै प्रभाव पारेको छैन।
वेवसाइट डुकाई गुइझाउ नेटका अनुसार आफ्नो काममा चर्चाले अवरोध नपुर्याओस् भन्दै अन्तर्वार्ताको लागि बारम्बार गरिएको प्रयासलाई उनले अस्वीकार गरेकी थिइन्।
मिशन
चिनियाँ चन्द्र भगवानको नाममा राखिएको चाङ्ग-अ-फाइभ मिशनको उद्देश्य चन्द्रमाको सतहबाट चट्टान सङ्कलन गरी चन्द्रमाको उत्पत्तिबारे अनुसन्धान गर्नु रहेको छ।
सफल भएमा ४० वर्षभन्दा बढी समययता चन्द्रमा पुगेर फर्किएको यो पहिलो सफल चन्द्रमा अभियान हुनेछ।
अहिलेसम्म अमेरिका र सोभियत सङ्घले मात्रै चन्द्रमाबाट चट्टान पृथ्वीमा ल्याएका छन्।
राष्ट्रपति सी जिनपिङले ‘राष्ट्रिय रूपान्तरण’को एउटा कदम बताएको उक्त मिशन अन्तरिक्षको महाशक्ति बन्न बेइजिङले गरिरहेको जोडबलको एउटा पाटो हो।
चीनको लागि के अर्थ?
चीनका लागि अन्तरिक्षको खोज उसको बढ्दो प्राविधिक क्षमता देखाउने र विश्व मञ्चमा आफ्नो शक्तिशाली भूमिका प्रस्तुत गर्ने माध्यम बनेको छ।
सामाजिक सञ्जालमा त्यसले उनलाई ‘अन्तरिक्ष जगतमा अग्रमोर्चाकी सेना’ र ‘ठूली दिदी’ जस्ता शब्दावली प्रयोग गरिएको छ।
बीबीसीकी चीन मीडिया विश्लेषक केरी एलन भन्छिन्: “पुरुषहरूको बाहुल्य रहेको देशको नेतृत्वका माझ पछिल्लो समय चीनले शक्तिशाली महिलाहरूलाई प्रस्तुत गरिरहेको छ।”
गतवर्ष चीन आफ्नो एउटा मानवरहित अन्तरिक्ष यान चन्द्रमाको अहिलेसम्म नपुगिएको कुनामा अवतरण गर्न सफल भएको थियो।
आउँदा केही दशकमा उसले चन्द्रमामै अध्ययन केन्द्र स्थापना गर्ने र मानिसलाई मङ्गल ग्रह पठाउने योजना बनाएको छ।
अन्य खवर
सर्वोच्च शिखरले पायो नयाँ उचाइ
अमेरिकामा २७ वर्ष पुरानो भ्रूणबाट बालिकाको जन्म
चीनद्धारा चाङइ–५ को रोबोटयुक्त ल्याण्डर सफलतापूर्वक चन्द्रमामा अवतरण